विश्वकप फुटबलमा अघिल्लो यात्राका लागि जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले अहिले मेक्सिकोको सामना गर्दै छ। राति १२ः४५ बजे हुने खेलमा नियोनल मेस्सीको टोलि प्रस्ट जितको खोजिमा हुनेछ।
यसअघि साउदीसँग आश्चर्यजनक हार व्यहोर्दा अर्जेन्टिना दबाबमा परेको हो। मेक्सिकोसँग पराजित भए अघिल्लो यात्रा टुंगिने छ। बराबरीले मात्रै पनि उसको अघिल्लो यात्रा कठिन छ।
खेल सुरु नहुँदासम्म उपाधि नै जित्ने अनुमान गरिएको अर्जेन्टिनाले साउदी अरेवियाविरुद्ध सुरुवाति अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा दबाबमा परेको हो। मेस्सीले पेनाल्टिमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर त्यसलाई साउदीले दोस्रोहाफमा उल्ट्याउँदै जित दर्ता गरेको थियो।
समूह सी मा रहेको अर्जेन्टिना अंकबिहिन छ। यो समूहमा पोल्याण्डको ४ अंक, साउदीको ३ अंक र मेक्सिकोको १ अंक छ।
साउदीसँगको हारपछि अर्जेन्टिनाले टोलीमा समेत केही परिवर्तन गरेको छ।
Shares
प्रतिक्रिया