विश्वकपको उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई मेक्सिकोले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको छ।लुसैल स्टेडियममा खेलको पहिलो हाफ सकिदा अर्जेन्टिना र मेक्सिकोले गोल रहित बराबरी खेलेका छन्।
पहिलो हाफमा ६८ प्रतिशत बल पोजेशन बनाएको अर्जेन्टिनाले मेक्सिकोको रक्षापक्ती तोड्न असफल रह्यो। पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा गोल निकाल्न सर्घषरत छ।
आजको खेलमा पराजित भए अर्जेन्टिनाको एक खेल अगावै विश्वकपको यात्रा सकिनेछ। बराबरीको नतिजाले पनि अघिल्लो चरण पुग्न पर्याप्त हुनेछैन।
अन्तिम १६ मा स्थान बनाउन अर्जेन्टिनालाई स्पष्ट जितको खाँचो छ। मेक्सिको भने अर्जेन्टिनालाई रोक्ने रणनितिमा छ।
183
Shares
प्रतिक्रिया