अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कतार विश्वकपमा नयाँ कीर्तिमान आफ्नो गराएका छन्। अर्जेन्टिनाबाट सबैभन्दा धेरै विश्वकपको खेल्ने कीर्तिमानमा मेस्सीले लिजेन्ड म्याराडोनासँग बराबरी गरेको हुन्।
यो सँगै मेस्सीले म्याराडोना जति नै विश्वकपका २१ खेल खेलेका छन्।
यसअघि म्याराडोनाले अर्जेन्टिनाको लागि सर्वाधिक विश्वकपका खेल खेल्ने कीर्तिमान बनाएका थिए। शनिबार मध्यराति भएको मेक्सिकोविरुद्धको खेलमा मैदान उत्रिँदै कप्तान मेस्सीले अर्जेन्टिनी लेजेण्ड स्टार डिएगो म्यारोडोनासँग कीर्तिमान बराबरी गरेका छन्।
पाँचौँपटक विश्वकप खेलिरहेका मेस्सी विश्वकपको उपाधि दिलाउन चाहन्छन्। क्लब स्तरका सबैजसो उपाधि दिलाएका मेस्सी टोलीलाई विश्वकप उपाधि दिलाउँदै राष्ट्रिय टिमको यात्रा टुङ्ग्याउन चाहान्छन्।
मेस्सीले फिफा विश्वकप छनोटमा २८ गोल गरेका छन्। जारी विश्वकपमा मेस्सीले पहिलो खेलमा १ गोल गरेका थिए भने दोस्रो खेलमा पनि एक गोल गरेका छन्। यससँगै उनले विश्वकपको गोलमा पनि म्याराडोनासँग बराबरी गरेका छन्। उनले अहिलेसम्म विश्वकपमा ८ गोल गरेका छन्।
साउदी अरेयिबासँग २–१ ले अर्जेन्टिना पराजित भएको खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता लिएका थिए। तर त्यो खेलमा अर्जेन्टिना पराजित भयो।
मेस्सीले अर्जेन्टिनाका लागि १६७ खेलमा ९३ गोल गरेका छन्।
Shares
प्रतिक्रिया