विश्वकप फुटबलमा अहिले जारी खेलमा साविक उपविजेता क्रोयसिया सुरुमै पछि परेको छ। खेलको दोस्रो मिनेटमा अल्फन्सो डेभिसको गोलमा क्यानडाले अग्रता लिएको हो।
आजको खेल जित्नै पर्ने दबाबमा क्यानडा छ। यो खेल हारे उसको विश्वकप सपना टुंगिने छ। सुरुदेखि नै क्यानडाले आक्रमक खेल खेलिरहेको छ।
पहिलो खेलमा क्यानडा बेल्जियमसँग पराजित भएको थियो। क्रोयसिया मोरक्कोसँग बराबरी खेलेको थियो।
मोरक्कोले यसअघिको खेलमा बेल्जियमलाई पराजित गर्दै ४ अंक जोडेको छ। बेल्जियमको ३ अंक र क्रोयसियाको १ अंक छ। यो खेल जिते क्यानडाको खातामा ३ अंक हुनेछ।
81
Shares
प्रतिक्रिया