३६ वर्षपछि विश्वकपमा फर्किएको क्यानडाको विश्वकप सपना समूह चरणमै टुंगिएको छ। समूह चरणका दोस्रो चरणका खेल जारी रहँदा क्यानडा एक खेल अघि नै बाहिरिने निश्चित भएको हो।
अब उ समूह चरणको अन्तिम खेल मोरक्कोसँग खेलेर घर फर्किने छ।
क्रोयसियाविरुद्ध अग्रता लिएर पनि जोगाउन नसक्दा ३६ वर्ष अघिकै नियति क्यानडाले भोग्नु परेको हो। घरेलु टोली कतारपछि विश्वकपको समूह चरणबाट बाहिरिने दोस्रो टोली क्यानडा हो।
६ वटा समूहका खेल सकिँदा बाँकी २२ टोलीको अघिल्लो चरण सम्भावना कायम छ। अहिलेसम्म फ्रान्सले मात्रै अघिल्लो चरण पक्का गरेको छ।
सन् १९८६ मा पहिलो पटक विश्वकपमा सहभागी भएको क्यानडा समूह चरणबाट नै बाहिरिएको थियो। समूह सी मा रहेको क्यानडा त्यो बेला जितविहीन बन्यो। अब उसले अन्तिम खेल खेल्न त बाँकी छ तर त्यो खेलमा जित हात पारे पनि सान्त्वना मात्रै हुनेछ।
क्यानडा त्यतिबेला सोभियत संघ, फ्रान्स र हंगेरीसँग पराजित भएको थियो।
त्यसपछिका संस्करणमा सहभागी नभएको क्यानडा ३६ वर्षपछि विश्वकपमा फर्किएको थियो। तर समूह चरणका दुई खेल गुमाएसँगै उसको नकआउट चरण पुग्ने सम्भावना सकिएको हो।
समूह एफ मा रहेको क्यानडा अंक विहिनरुपमा तालिकाको पुछारमा छ। क्यानडा पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो। दोस्रो खेलमा साविक उपविजेता क्रोयसियासँग ४–१ ले पराजित हुँदै समूह चरणबाट बाहिरिने दोस्रो टोली बनेको हो।
समूह चरणबाट बाहिरिँदै गर्दा क्यानडाका अल्फन्सो डेभिसले खेल सुरु भएको ६७ मिनेटमा गोल गर्दै जारी विश्वकपमा सर्वाधिक छिटो गोल गर्ने खेलाडीको सूचीमा आफ्नो नाम लेखाएका हुन्।
विश्वकपमा लगातार हार भोगेसँगै क्यानडा तालिकाको पुछारमा छ। क्यानडाले समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग खेल्ने छ। यो समूहबाट क्रोयसियाले ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। समान अंक भएको मोरक्को दोस्रो स्थानमा हुँदा ३ अंकसहित बेल्जियम तेस्रो स्थानमा छ।
अब यी टोली मध्यबाट २ टोली अघिल्लो चरणमा पुग्ने छन्। अन्तिम चरणको खेलपछि एउटा टोली भने समूह चरणबाटै बाहिरिने छ।
Shares
प्रतिक्रिया