ad ad

खेल


स्पेन भर्सेस जर्मनी : पहिलो हाफ गोलरहित बराबर

स्पेन भर्सेस जर्मनी : पहिलो हाफ गोलरहित बराबर

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १:३२, काठमाडौँ

विश्वकप फुटबल अन्तर्गत समुह चरणको खेलमा जर्मनी र स्पेनले पहिलो हाफ बराबरी खेलेका छन्। 

अल बायत स्टेडियममा खेलको पहिलो हाफमा जर्मनी र स्पेनले गोल गर्न सकेका छैनन्। पहिलो हाफमा स्पेन हावी देखिए पनि जर्मनीको रक्षापंक्ती तोड्न सकेको छैन। 

खेलको ४० औँ मिनेटमा जर्मनीका एन्टोनियो रुडिगरले गोल गरेपनि रेफ्रिले अफसाइड हुँदा गोलले मान्यता पाएन।

खेलको सातौँ मिनेटमा स्पेनका डानी ओल्मोेको प्रहार जर्मनीका गोलरक्षक म्यानुअल नेउरले पन्च गर्दै बचाए। २२ औँ मिनेटमा जोर्डी अल्बाको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा स्पेन अग्रता बनाउनबाट चुकेको थियो।

समूह चरणको पहिलो खेलमा जर्मनी जापानसँग २–१ ले पराजित भएको थियो। स्पेनले कोस्टारिकालाई ७–० ले पराजित गरेको थियो। स्पेनसँग लज्जास्पद हार व्यहोरेको कोस्टारिकाले आइतबार जापानलाई स्तब्ध पार्यो। यो नतिजाले चार वटै टोलीका लागि अघिल्लो चरणको यात्रा खुल्ला छ। 

२०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिँदला स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो। 

यसअघि २०१० को विश्वकपमा पनि यी टोली भिडेका थिए। सेमिफाइनलमा स्पेनले जर्मनीलाई १–० ले पराजित गरेको थियो। जर्मनीले पछिल्लो पटक २०१४ मा विश्वकप जितेको थियो।

जर्मनीले उपाधि जित्दा अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो। विश्वकपमा स्पेन र जर्मनी १२ वर्षपछि समूह चरणमा भेट भएका हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .