अल्भारो मोराटाको गोलमा जर्मनीविरुद्ध स्पेनले अग्रता लिएका छ। खेलको दास्रो हाफ चलिरहँदा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोराटाले स्पेनलाई अग्रता दिलाएका हुन्।
जोर्डी अल्बाको पासमा उनले डिबक्सभित्रबाट गरेको प्रहारले जालि चुम्यो।
समूह चरणको पहिलो खेलमा जर्मनी जापानसँग २–१ ले पराजित भएको थियो। स्पेनले कोस्टारिकालाई ७–० ले पराजित गरेको थियो। स्पेनसँग लज्जास्पद हार व्यहोरेको कोस्टारिकाले आइतबार जापानलाई स्तब्ध पार्यो। यो नतिजाले चार वटै टोलीका लागि अघिल्लो चरणको यात्रा खुल्ला छ।
२०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिँदला स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो।
यसअघि २०१० को विश्वकपमा पनि यी टोली भिडेका थिए। सेमिफाइनलमा स्पेनले जर्मनीलाई १–० ले पराजित गरेको थियो। जर्मनीले पछिल्लो पटक २०१४ मा विश्वकप जितेको थियो।
जर्मनीले उपाधि जित्दा अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो। विश्वकपमा स्पेन र जर्मनी १२ वर्षपछि समूह चरणमा भेट भएका हुन्।
Shares
प्रतिक्रिया