पोर्चुगलका फुटबल क्रिस्टियानो रोनाल्डोले अब साउदी अरबको क्लबमा खेल्ने भएका छन्। जनवरीदेखि उनले अल नासर क्लबका लागि खेल्ने स्पेनी सञ्चारमाध्यम मार्काले जनाएको छ।
विश्वकप सुरु हुनुभन्दा दुई दिनअघि मात्र रोनाल्डो इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट नाटकीय रुपमा बाहिरिएका थिए। त्यसयता उनी ‘फ्री एजेन्ट’ बनेका थिए।
रोनाल्डोको साउदी अरब सरुवा फुटबल इतिहासकै लाभप्रद हुने देखिएको छ। पाँच पटक बालोन डेओर जितेका रोनाल्डोले त्यहाँ प्रतिसिजन २० करोड युरो कमाउने छन्।
हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा लियोनल मेस्सी र नेमारले क्रमशः ७.५ करोड र ७ करोड युरो कमाउँछन्। सानो क्लबमा खेले पनि रोनाल्डोले यी दुवैलाई कमाइको मामिलामा भने उछिन्नेछन्।
मार्काका अनुसार रोनाल्डोले सुरुमा १० करोड युरोको सम्झौता गर्नेछन्। त्यसपछि विज्ञापन प्रायोजनसम्बन्धी बेग्लै सम्झौताहरु हुनेछन्।
अल नासर साउदी अरबको सबैभन्दा सफल क्लब हो।
Shares
प्रतिक्रिया