ad ad

खेल


मैदानमै घम्साघम्सी गरेका अर्जेन्टिना र नेदरल्याण्ड्समाथि फिफाको कारबाही

मैदानमै घम्साघम्सी गरेका अर्जेन्टिना र नेदरल्याण्ड्समाथि फिफाको कारबाही

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १५:४९, काठमाडौँ

विश्व फुटबल महासंघ (फिफा) ले कतार विश्वकपमा सहभागी अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने निर्णय लिएकोछ।

विश्वकपका क्रममा दुवै टिमले अनुशासन मिचेको निष्कर्षसहित फिफाले जरिवाना तिराउन लागेको हो। तर यी दुई टोलीको जरिवाना भने निर्धारण भइसकेको छैन। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै टोलीले जनही १६ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने हुन सक्छ।

विश्वकपको क्वाटरफाइनलका क्रममा यी दुईबीचको खेल तनावपूर्ण भएको थियो। निर्धारित ९० मिनेट र अतिरिक्त समय २-२ गोलको बराबरी भएपछि यिनीहरुबीचको निर्णय पेनाल्टीमा भएको थियो। 

पेनाल्टीमा अर्जेन्टिना विजयी भए पनि दुई देशका खेलाडी मैदनमै भिडेका थिए। नेदरल्यान्ड्सले अन्तिम २३ सेकेन्ड बाँकी हुँदा फ्री किकबाट गोल गरेर खेललाई अतिरिक्त ३० मिनेटमा धकेल्न सकेको थियो। 

पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएको खेलमा बेन्चमा भएका खेलाडी मैदान छिरेर विवादमा उत्रिएका थिए। 

यो खेलमा रेफ्रीले पहेँलो कार्डको बर्षात् नै गरेका थिए। यस क्रममा अर्जेन्टिना र नेदरल्यान्ड्सका १७ खेलाडीले पहेँलो कार्ड पाएका थिए । 

यो खेलका क्रममा नेदरल्यान्ड्सका डेन्जेलले दुई पहेँलो कार्डसहित रातो कार्ड भेटेका थिए। पटक पटक घम्साघम्सीमा उत्रिएका दुवै देशका टोलीमाथि फिफाले अनुशासनको कारवाही गर्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .