ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन पुस २८ गते

सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन पुस २८ गते

नेपालखबर
पुस २०, २०७९ बुधबार १८:५५, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

प्रदेश सभा सचिवालयले पुस २८ गते बिहिबार दिउँसो १ बजे सभामुख चयनका लागि निर्वाचनको मिति तय गरेको छ। 

१८ पुसमा बसेको प्रदेश सभाको पहिलो बैठकले पुस २८ गते सभामुखको निर्वाचन गराउन मिति निर्धारण गरेको थियो। 

संविधानको धारा १८२ को उपधारा १ र सुदूरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम ७ बमोजिम बुधबार प्रदेश सभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो।

पुस २७ गते बिहान १०ः३० देखि २ः३० सम्म प्रदेश सभाको कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव दर्ता, र सोही दिनको दिउँसो २ः३० देखि ३ बजेसम्म क्रम संख्या अनुसार दर्ता भएको प्रस्ताव बमोजिमको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

यस्तै, दिउँसो ३ बजेदेखि ४ बजेसम्म दाबी/विरोध, ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन ५ः३० बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ।

अर्को दिन अर्थात् पुस २८ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने गरी तालिका सार्वजनिक गरिएको संसद सचिवालका सचिव देवबहादुर बोगटीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .