ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमबाट राजनीतिक ‘कोर्ष करेक्सन’ भयो : सोडारी

सुदूरपश्चिमबाट राजनीतिक ‘कोर्ष करेक्सन’ भयो : सोडारी

नेपालखबर
फागुन २१, २०७९ आइतबार १५:२३, कञ्चनपुर

नेकपा एकीकृत समाजवादीका संसदीय दलक नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिमबाट राजनीतिक ‘कोर्ष करेक्सन’ भएको बताएका छन्।

प्रदेश सभामा बोल्दै सोडारीले सुदूरपश्चिमबाट चुनाव अघिको गठबन्धन ब्यूँतिएर नेपाली राजनीतिलाई नयाँ दिशा दिएको बताए।

‘यो प्रदेश सभा यस्तो टर्न प्याइन्ट हो, जहाँबाट नेपाली राजनीतिले कोर्ष करेक्सन गरेको छ, दुई महिना अघिको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएर करिब दुई तिहाईको मतमा अगाडि बढ्दैछौँ,’ उनले भने।

सुदूरपश्चिम राजनीतिक ‘कोर्ष करेक्सन’को ‘गेम चेन्जर’ रुपमा प्रमाणित भएको सोडारीको दाबी छ।

‘यो गेम चेन्जर ठाउँ हो, हामीले देखाइदिएका छौँ, सधैँ पूर्वबाट हुन्थ्यो, अघिल्लो पटक कर्णालीबाट भएको थियो, यो पटक सुदूरपश्चिमबाट भएको छ,’ उनले भने, ‘त्यसकारण सुदूरका मानिस राजनीति गर्न जान्दैनन्, पछाडि छन् भन्ने होइन, देशको राजनीतिलाई नयाँ दिशा दिने ठाउँ पनि हो भन्ने प्रमाण आज दिएको छ।’

संविधानमाथिको खतरा बढेपछि पुरानै गठबन्धन ब्यूँतिएको उनले बताए।

‘एमालेमा कति चाँडै संसद विघटन गरौँ, मध्यावधि चुनावमा जाऔँ भन्ने भावना छ, यसले मुलुकमा संविधानमाथि खतरा छ,’ उनले भने, ‘त्यसैले संविधानको रक्षाका लागि हामी एक ठाउँमा आएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .