बागमती


हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालखबर
मंसिर १७, २०८० आइतबार २१:५५, हेटौँडा

हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा आफै ‍अनियन्त्रित भएर पानीस्वारा भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना हुँदा दुर्इजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगंढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षिय डिलम थिङ र ट्याक्टरमा सवार हेटौंडा–१६ पानीस्वारा बस्ने ५६ वर्षिय जित बहादुर थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .