बागमती


अधिवेशन रोकिएपछि भूमि त्रिपाठी पनि धादिङबाट बालकोटतिर

अधिवेशन रोकिएपछि भूमि त्रिपाठी पनि धादिङबाट बालकोटतिर

सुनिता विष्ट
माघ २१, २०८० आइतबार १७:४, हेटाैंडा

नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनमा भएको झमेलाको विषयमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अध्यक्ष सहितको टोलीलाई बालकोट डाकेका छन्।

अधिवेशनका क्रममा भएको कुटाकुट लगाएतका विवादित विषयमा छलफल गर्न बालकोट जाँदै गरेको एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिए।

अधिवेशनका क्रममा प्रदेश कमिटी र जिल्ला कमिटीमा तालमेल नमिलेको विषयमा छलफल गरिने उनले बताए। जिल्ला कमिटी अध्यक्ष त्रिपाठीसहित धादिङ जिल्ला इञ्चार्ज धर्मदत्त देवकोटा र रेशम थापा लगाएतका केही नेताहरु छलफलका लागि बालकोट जाँदै गरेको त्रिपाठीले नेपालखबरलाई जानकारी दिए।

त्रिपाठी पक्षले जिल्ला अधिवेशनमा प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अनावश्यक चासो र हस्तक्षेप गर्न खोज्दा वातावरण बिग्रिएको बताए। एमाले बागमती प्रदेश कमिटी इन्चार्ज गुरु बराल र ढुंगेलले गुटगत रुपमै लोहनी पक्षलाई जिताउन उत्रिएको आरोप त्रिपाठी पक्षको छ।

ढुंगेलले अधिवेशन सोमबारसम्मलाई स्थगित भएको विज्ञप्ती जारी गर्दै गर्दा त्रिपाठीले भने विज्ञप्ति निकालेर नरोकिएको बताएका थिए। यद्यपी, केन्द्रबाट अध्यक्ष ओलीको फोन गएपछि भने त्रिपाठी पक्ष अधिवेशन प्रक्रियाबाट व्याक भएको एमालेका एक नेताले जानकारी दिए।

केन्द्रको निर्देशनपछि अधिवेशन स्थगित गरेर त्रिपाठी लगाएतका नेताहरु छलफलका लागि बालकोट गएका हुन्।

बैठकमा प्रदेश पदाधिकारीहरु सहभागी हुन्छन् कि हुँदैनन् भन्ने खुलाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .