बागमती


काठमाडौँबाट तीर्थालु बोकेर जाँदै गरेको बस धादिङमा दुर्घटना, ३० जना घाइते

काठमाडौँबाट तीर्थालु बोकेर जाँदै गरेको बस धादिङमा दुर्घटना, ३० जना घाइते

धादिङमा शनिबार ट्रकसँग ठोक्किएको बस।


सुनिता विष्ट
फागुन ५, २०८० शनिबार १२:१४, हेटौँडा

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु बेनीघाट सडकमा शनिबार (आज) बस दुर्घटना भएको छ।

शनिबार बिहान भएको दुर्घटनामा ३० यात्रु घाइते भएका छन्।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ क नम्बरको ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

दुर्घटनामा परी घाइते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडाैँतर्फ पठाइएको धादिङ प्रहरीले जनाएको छ।

बाँकी विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .