केही दिनदेखि काठमाडौँ उपत्यकाको तापक्रम थोरै मात्र घटबढ भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज (बुधबार) बिहान ६:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस देखिएको छ।
हिजो (मंगलबार) सो समयमा काठमाडौँ उपत्यकाको तापक्रम ४.७ डिग्री सेल्सियस देखिएको थियो भने पछि बिहान ८:४५ बजे ४.५ डिग्री सेल्सियसमा झरेको थियो।
आज पनि बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। त्यतिबेला अहिलेको भन्दा केही घट्ने सम्भावना हुनछ।
मौसमविद् अर्यालयका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।
यस्तै काठमाडौँ उपत्यकाको मौसम आज मुख्यतया सफा रहने सम्भावना रहेको उनले बताए। यसको अर्थ आकाशमा बादल निकै कम रहने र घाम लाग्ने सम्भावना छ।
देशभरका लागि : तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, यस्तो छ आजको मौसम पूर्वानुमान
Shares
प्रतिक्रिया