शनिबारको तुलनामा आइतबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो।
शनिबार सो समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस देखिएको थियो भने पछि पुनः बिहान ८:४५ बजे मापन गर्दा ४.६ डिग्री सेल्सियस थियो।
आज पनि अहिले बिहान ८:४५ बजे न्यूनतम तापक्रम पुनः मापन गरिनेछ। त्यतिबेला अहिलेको भन्दा केही कम हुने सम्भावना हुन्छ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १८ देखि २० डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् झाले जानकारी दिए।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
उनका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा रहनेछ। भनेको घाम लाग्ने सम्भावना छ।
अहिले बिहान भने काठमाडौँ उपत्यकामा हल्का हुस्सु लागिरहेको मौसमविद् झाले बताए। ‘तर यो बिहान ९/१० बजेपछि हटेर जान्छ।’
देशभरका लागि- नेपालमा फेरि सुरु भयो पश्चिमी वायुको आंशिक प्रभाव, पानी पर्छ कि पर्दैन?
Shares
प्रतिक्रिया