बिहीबार काठमाडौँ उपत्यकाको तापक्रम न्यूनतम बुधबारभन्दा बढेको छ भने अधिकतम घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस छ। बुधबार ४.५ डिग्री सेल्सियस थियो।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम भने बुधबारको भन्दा केही घटेको छ। महााशाखाका अनुसार बिहीबार उपत्यकाको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस छ। बुधबार १८.५ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
579
Shares
प्रतिक्रिया