ad ad

कारोबार


इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह, २२७ विद्यार्थी दीक्षित

इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह, २२७ विद्यार्थी दीक्षित

नेपालखबर
पुस १, २०७९ शुक्रबार १७:३८, काठमाडौँ

इटहरीस्थित इटहरी इन्टरनेशनल कलेजको सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ। 

समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बीएससी (अर्नस) कम्पुटिब र बीए (अनर्स) बिजनेस प्रशासनका २२७ जना विद्यार्थी सहभागी भएका थिए ।

कलेजले आज बिहिबारका दिन दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बीए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बीएससी (अनर्स) कम्पुटिङ तह पूरा गर्ने २१४ जना विद्यार्थी गरी जम्मा २२७ विद्यार्थी दीक्षित भएका थिए ।

दीक्षान्त समारोहमा सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपलेछात्रवृति उपलब्ध गराएको छ ।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .