सेयरबजार आज दोहोरो अंकले बढेको छ।
मंगलबार बजार परिसूचक नेप्से १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेको हो।
आजको कारोबारमा २५७ कम्पनी सामेल भएका छन्। दिनभरिमा २३ हजार ३४४ पटकको खरिदबिक्रीपछि ३० लाख २२ हजार कित्ता सेयर बिक्री भएको छ।
यो भनेको ९३ करोड रुपैयाँबराबरको कारोबार हो। आज बजार पुँजीकरण २७ खर्ब र कुल तरलता ११ खर्ब रहेको नेप्सेले जनाएको छ।
आज धौलागिरि लघुवित्त, आँधीखोला लघुवित्त र सृजनशील लघुवित्तका सेयरधनीले १० प्रतिशत आम्दानी गरेका छन्। गुमाउने लगानीकर्ताले भने आज ४.६७ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।
आज नेपाल टेलिकमको ६ करोड ३८ लाख रुपैयाँको सर्वाधिक सेयर कारोबार भएको छ।
24
Shares
प्रतिक्रिया