स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर)ले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट)सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।
यो योजना २०७९ पुस २० गतेसम्म रहने कम्पनीले जनाएको छ। छुट अवधिभर हरेक ग्राहकले नौ सय रुपैयाँसम्म छुट लिन सक्नेछन् ।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
अफरअन्तर्गत एक्सप्रेस सुपरमार्केटको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एसिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।
Shares
प्रतिक्रिया