ad ad

कारोबार


सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

नेपालखबर
पुस ७, २०७९ बिहिबार १८:८, काठमाडौँ

सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेजबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ।

सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्ने बैंकले जनाएको छ। 

युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ। सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ।

युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खातालगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ । 

सानिमा बैंकको रेमिट्यान्समार्फत यू.ए.ई, मलेसिया, कतार, यू.के, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ। साथै, सानिमा बंैकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ। 

सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .