कारोबार


भारतबाट घटेर आएपनि निगमले मूल्य नघटाउने

भारतबाट घटेर आएपनि निगमले मूल्य नघटाउने

नेपालखबर
फागुन १७, २०७९ बुधबार २०:१६, काठमाडौँ


भारतबाट मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ। खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जानकारी गराएको छ। 

डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धनको मूल्य भारतबाट आज घटेर आएको थियो। 

भारतीय आयल कर्पोरेसन (आईओसी) ले मूल्य घटाएर पठाएको हो। 

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्यांकन गर्दै मूल्य घटबढ गर्ने सम्झौता छ। 

जसअनुसार भारतले आज (१ तारिखमा) नयाँ मूल्य पठाएको हो। नयाँ मूल्यअनुसार खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटेर आएको छ। 

नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा, डिजेल प्रतिलिटर पाँच रुपैयाँ, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा, हवाइ इन्धन पाँच रुपैयाँले घटेर आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .