ad ad

कारोबार


ईसेवा मनी ट्रान्सफरको अफर : ‘ट्याङ्गो पे’मार्फत् बेलायतबाट पैसा पठाउँदा ‘आइफोन–१५’

वालेटमा सिधै पैसा पठाउनेलाई काठमाडौंमा घर!
ईसेवा मनी ट्रान्सफरको अफर : ‘ट्याङ्गो पे’मार्फत् बेलायतबाट पैसा पठाउँदा ‘आइफोन–१५’

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १९:२५, काठमाडौँ

ईसेवा मनी ट्रान्सफर, डिजिटल रेमिट्यान्स कम्पनीले बेलायतस्थित ‘ट्याङ्गो पे’ को साझेदारीमा ‘आइफोन योजना’ ल्याएको छ। नोभेम्बर १० बाट सुरु भएको यो योजना  जनवरी १५ सम्म लागू हुनेछ। 

यो योजना अन्तर्गत बेलायतबाट ट्याङ्गोमार्फत रेमिट्यान्स गर्ने एक जनाले आइफोन–१५ जित्नेछ। साथै, इसेवा मनी ट्रान्सफरमार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने कम्पनीले जनाएको छ। 

यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई आइफोन जित्ने मौका भएको कम्पनीले जनाएको हो। 

ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले जानकारी दिए। 

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .