नेपालको लोकप्रिय पिज्जा ब्रान्ड पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ।
४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरूले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको कम्पनीले जनाएको छ।
नेपालभरका ग्राहकहरूका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको कम्पनीको भनाई छ।
पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको छ जुन १२ विभिन्न टोपिङहरूमा उपलब्ध रहेको कम्पनीको भनाई छ।
ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नुहुनेछ र भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सक्नेछन्।
ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गरि अगाडी बढेको जनाएको छ। पिज्जा हट नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गर्ने कम्पनीको दाबी छ।
Shares
प्रतिक्रिया