नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले आयोजना गरिरहेको म्याक्सचेञ्ज मेला कार्यक्रमको भोलि अन्तिम दिन हो।
कम्पनीका अनुसार एक्सचेञ्ज गरेर टाटा कार किन्न इच्छुक ग्राहकवर्गलाई लक्षित गरि योजना गरिएको म्याक्सचेञ्ज मेलामा उत्साहजनक सहभागीता रहेको छ।
विशेषगरी नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स गाडी किन्न चाहने ग्राहकहरुको सहभागिता अझै धेरै देखिएको छ। म्याक्सचेञ्ज मेला यहि मङ्गसिर १५ गतेदेखि सुरु भएर भोलि मङ्गसिर १७ गतेसम्म थापाथली, सल्लाघारी लगायत नेपालभरीको सबै टाटा मोटर्सको शोरुमहरुमा आयोजना भइरहेको छ।
मेलाको अन्तिम दिन टाटा कारको शोरुममा गएर टाटा नेक्सन म्याक्स गाडी किन्दा पाइने आकर्षक स्किमको फाइदा उठान कम्पनीले अनुरोध गरेको छ।
म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ।
साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन्।
यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।
Shares
प्रतिक्रिया