ad ad

कारोबार


घरजग्गा कर्जाको जोखिम भार पनि घट्यो, ५० लाखसम्मको ऋणमा सहजीकरण

घरजग्गा कर्जाको जोखिम भार पनि घट्यो, ५० लाखसम्मको ऋणमा सहजीकरण

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ११:१४, काठमाडौँ

राष्ट्र बैंकले रियल स्टेट (घरजग्गा) कर्जामा कर्जाको जोखिम भार घटाएको छ। 

मौद्रिक नीतिको तीन महिने समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको हो। 

यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो। 

त्यस्तै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .