ad ad

कारोबार


उद्योग मन्त्रीले दिए संस्थान र विभाग प्रमुखलाई २४ घण्टे अल्टिमेटम (पत्र सहित)

उद्योग मन्त्रीले दिए संस्थान र विभाग प्रमुखलाई २४ घण्टे अल्टिमेटम (पत्र सहित)

नेपालखबर
पुस २, २०८० सोमबार १९:१८, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आफू मातहतका विभाग, संस्थान र निकायका प्रमुखलाई सुदृढ  पार्ने योजना बुझाउन भनेका छन्।

२४ घण्टाको समय दिएर मन्त्री रिजालले योजना सहितको खाका मन्त्रालयमा बुझाउनु भनेका छन्।

जनतासँग प्रत्यक्ष सरोकार रहेका र सरकारका तर्फबाट जनतालाई प्रदान गरिने प्रत्यक्ष सेवा प्रवाहसँग सम्बन्धमा सुधारको योजना मागेर उनले पत्र काटेका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका विषयहरूको कार्यान्वयनको अवस्था र उक्त विषयलाई थप प्रभावकारी रुपमा सम्पादन गरी सरकार र जनताबीचको सम्बन्धलाई अझ सुदृढ पार्न योजना माग गरिएको पत्रमा उल्लेख छ।

गर्नुपर्ने सुधारको योजना सहितको खाका मिति पुस ३ गते भित्र प्रशासन शाखामा उपलब्ध गराउन भनिएको छ।

आजै (सोमबार) यस्तो खाका माग गर्ने निर्णय गरेर मन्त्रीले पत्राचार गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .