नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकिएको छ।
त्यसैगरी यूरो १ को खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा तोकिएको छ। बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १० पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ।
यसैगरी कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा तोकिएको छ।
90
Shares
प्रतिक्रिया