भारतले पेट्रोलियम पदार्थमा सामान्य हेरफेर गरेर नयाँ मूल्यसूची पठाएको छ।
इन्डियन आयल कर्पोरेसनले आज (३१ डिसेम्बर) पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर ४१ पैसाले बृद्धि भएको छ भने डिजेलको मूल्यमा प्रति लिटर १२ पैसा घटेर आएको छ।
यस्तै, एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर २० पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ।
निगमले भने पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ।
213
Shares
प्रतिक्रिया