ad ad

कारोबार


खाद्यका २० वटा च्याङग्रा कुकुरको टोकाइले मरे

खाद्यका २० वटा च्याङग्रा कुकुरको टोकाइले मरे

नेपालखबर
पुस १९, २०८० बिहिबार २१:३०, काठमाडौँ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन्।

व्यापार कम्पनीले दसैँ तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन्। दसैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराति २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ।

कम्पनीले दसैँ तिहारको लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५ सय ४२ वटा च्याङग्रा ल्याएको थियो। बुधवार साँझसम्म स्वस्थ्य अवस्थामा रहेका च्याङग्रा बिहीवार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताइन्।

उनले दसैँ—तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्याङ्ग्रामध्ये २० वटा बिहीवार मरेको बताइन्। उनले बुधवार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा आज बिहान मरेको अवस्थामा पाएको बताइन्।

उनले मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको बताइन्। उनले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सिसिटीभी फुटेजमा देखिएको बताइन्।

केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाईबाट मरेको देखिएको बताए। उनले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताए। उनले १४ वटा च्याङ्ग्रा बिरामी रहेको बताए। च्याङ्ग्रालाई स्वस्थ कुकुरले टोकेको परीक्षणमा देखिएको बताए।

कम्पनी ल्याएका ५ सय ४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो। गत वर्ष १६२ च्याङ्ग्रा खरिद बिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरेपनि अपेक्षाअनुसार बिक्री नहुँदा च्याङ्ग्रा कम्पनीले पालन गर्दै आएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .