ad ad

कारोबार


पाँच सय ग्राम तरल सुनसहित विमानस्थलबाट युवक पक्राउ

पाँच सय ग्राम तरल सुनसहित विमानस्थलबाट युवक पक्राउ

त्रिभुवन विमानस्थल भन्सार (फाइल तस्बिर)


नेपालखबर
माघ ७, २०८० आइतबार १३:३५, काठमाडौँ

काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट करिब ५ सय ग्राम तरल सुनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

शनिबार राति कतार एयरको क्यूआर–६५२ विमानबाट दोहा हुँदै काठमाडौँ ओर्लिएका झापा स्थायी घर भएका २३ वर्षीय खगेन्द्र दर्जीलाई तरल सुन ४ सय ९९ ग्राम बरामद गरिएको हो। 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार क्षेत्रमा सशस्त्र प्रहरी बल विमानस्थल भन्सार सुरक्षा बेस र भन्सार कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा दर्जीको साथबाट चाँदीको लेपन लगाई पहेँलो तरल पदार्थ अन्दाजी ४ सय ९९ ग्राम बरामद गरेको हो। 

घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .