ad ad

कारोबार


सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डको आधिकारिक बिक्रेता ॠषि ट्रेड सेन्टर

सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डको आधिकारिक बिक्रेता ॠषि ट्रेड सेन्टर

नेपालखबर
माघ ७, २०८० आइतबार १५:६, काठमाडौँ

रिलायन्स ग्रुप, अन्तर्गतको ॠषि ट्रेड सेन्टरले सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डका लागि आधिकारिक वितरण लिएको छ।

उक्त ब्रान्ड अन्तर्गत सेन्टरले अबदेखि नेपाली बजारमा सीएफमोटोका उच्च गुणस्तर, पावर तथा पर्फमान्स बाइक, एटीभी, एसएसभ, मोटरसाइकल र सीएफमोटो जीहो अन्तर्गत विभिन्न मोडलका विद्युतीय स्कुटर अझ बढी आकर्षक विषेशताहरूका साथ नेपाली बजारमा प्रस्तुत गरेको जनाएको छ।

‘रिलायन्स ग्रुप, फ्यासिलिटेटीङ द नेसन्स ग्र्रोथ’ को नारा लिएको व्यापारिक केन्द्र हो।

उत्पादन (सिमेन्ट, कागज, र फल्लोरिङ), व्यापार (सिमेन्ट र घरेलु उपकरण),निर्माण, जलविद्युत, बैंकिङ क्षेत्रमा सफल रहेको यस ग्रुप अन्तर्गतको ॠषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको बिक्री वितरण गर्ने हुँदा, अटोमोटिभ सेक्टरमा समेत यस कम्पनीले आफ्नो व्यपारिक अनुभव, दक्ष जनशक्ति, विभिन्न स्रोत र साधनको उपयोग गरि दुवै ब्रान्डलाई ग्राहकमुखी वातावरणमा उच्च स्थान दिने कुरामा विश्वास लिएको छ।

हाल सेन्टरले सीएफमोटो अन्तर्गतका एनके२५० तथा एटीभीएस बाइकहरु, एटीभीएस एन्डएसएसभी र सीएफमोटो जीहो ब्रान्ड पश्चात हालसालै अर्को मोडेल एई८ नेपाली बजारमा भित्राएको छ।

आकर्षक लुक्स, उच्च प्रविधि र प्रयोगकर्ता मैत्री उक्त एई८ मोडलको ईलेक्ट्रिक स्कुटरमा ५.५ किलो वाटको पिक पावर भएको साईड मोटर, किलेस डिजाइन, जीहो राइड एप, एन्टी थेफ्ट सिस्टम, पार्किङ असिस्ट, एक्स्ट्रा ब्याट्री कम्पार्टमेन्ट, एलईडी लाइट, १२ इन्च टायर, सीबीएस ब्रेकिङ सिस्टम र अन रोड ७०-९० किलोमिटरको उच्चतम रेन्ज जस्ता अदभुत विशेषताहरु दिइएको कम्पनीले जनाएको छ।

जीहोको राइड एप मार्फत जीहो प्रयोगकर्ताले स्कुटर सम्बन्धी सम्पुर्ण जानकारि प्राप्त हुने भएकोले पनि राइडर र स्कुटर बीचको घनिष्टता अझ बढि हुने देखिन्छ। राइड मोड, व्याट्रिको स्वास्थ्य, दुरिको जानकारि तथा कुनैपनि प्राविधिक गतिविधिको पुर्ण जानकारि उक्त एप मार्फत पुर्व पाउने भएको हुनाले उक्त स्कुटरको प्रदशन शक्ति उच्च रहेको कुरामा कम्पनी विश्वस्त छ।

जीहो एई६ प्लसको हाल कम्पनीको नक्साल शोरुमा टेस्ट राईड क्याम्पेन सञ्चालनमा रहेको छ। टेस्ट राइड गरि ग्राहकले ठाउँको ठाउँ सीएफमोटो को एई६ प्लस खरिद गर्न सकिने र कम्पनीले एक्चेन्ज र फाइनान्सको सरल सुविधा समेत ग्राहकलाई उपलब्ध गराइ रहेको छ। यसका साथै टेस्ट राइडमा सहभागी भई ग्राहकले कम्पनीद्वारा उपल्बध गराइने विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .