सेयरबजारमा आज १०.२५ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक शून्य दशमलव ४८ प्रतिशतले घटेर २०८८.०४ विन्दुमा छ।
योसँगै १४ कम्पनीको सेयर उही मूल्यमा कारोबार भएको छ भने ८० वटाको बढेको र १५३ वटाको घटेको छ।
दिनभरिमा १ करोड १० लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
चन्द्रागिरिको सकारात्मक सर्किट, हिमालयन रिको उच्च कारोबार
आजको कारोबारमा चन्द्रागिरि हिल्सको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिसेयर ९४.९० रुपैयाँ आम्दानी गरेका छन्।
यसबाहेक मध्य सोलु हाइड्रोको पनि १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले ५७.५० रुपैयाँ आम्दानी गरेका छन्। बाँकी कम्पनीको कम दरले सेयर बढेको छ।
यता तेह्रथुम पावरको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। कम्पनीका लगानीकर्ताले प्रतिसेयर ६६.७० रुपैयाँ नोक्सानी व्यहोरेका छन्। बाँकी कम्पनीका लगानीकर्ताले ६.२० प्रतिशतसम्म नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।
यता आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। लगानीकर्ताले कम्पनीको २५ करोडको सेयर खरिदबिक्री गरेका हुन्।
Shares
प्रतिक्रिया