सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको विषयमा व्यवसायीले पत्रकार सम्मेलन गर्ने भएका छन्।
उद्योगी व्यवसयीहरूको छाता संस्था नेपाल उद्योग परिसंघले आज एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्न लागको हो।
व्यवसायी पक्राउप्रति निजी क्षेत्रको घोर आपत्ति रहेको परिसंघले जनाएको छ।
उद्योगी व्यवसायीको मानमर्दन हुने गरी यस किसिमले गरिएको धरपकडका सम्बन्धमा निजी क्षेत्रले आफ्नो विस्तृत धारणा सार्वजनिक पत्रकार सम्मेलन आयोजना गर्न लागिएको परिसंघले बताएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ताको जमिनसम्बन्धमा अनुसन्धान गर्न चौधरीलाई पक्राउ गरेको हो।
384
Shares
प्रतिक्रिया