ad ad

कारोबार


नयाँ बजेट आउन २ दिन बाँकी हुँदा विकास खर्च ४०.८८ प्रतिशत मात्रै

नयाँ बजेट आउन २ दिन बाँकी हुँदा विकास खर्च ४०.८८ प्रतिशत मात्रै

नेपालखबर
जेठ १३, २०८१ आइतबार १२:४१, काठमाडौँ

सरकारले बजेटको २ दिनअघिसम्म विकास खर्च ४०.८८ प्रतिशत मात्रै खर्च गरेको छ।

२०८० जेठ १५ गते पुँजीगततर्फ छुट्याएको ३ खर्ब २ करोडमध्ये १ खर्ब २३ करोड रुपैयाँ खर्च भएको हो। 

उक्त अवधिमा चालू खर्च ११ अर्ब ४१ करोड रुपैयाँ हुने अनुमान गरिएकोमा ६८.१३ प्रतिशत खर्च भएको छ।

अहिलेसम्म ७ अर्ब ७७ करोड रुपैयाँ चालू खर्च भएको छ। यता वित्तीय खर्च ३ खर्ब ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा २ खर्ब ५ अर्ब खर्च भएको छ। 

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले १७  खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। संशोधित बजेटअनुसार १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। 

माघमा स्रोत संकलन संकुचन र खर्चको क्षमता कम रहेको उल्लेख गर्दै ८७.३८ प्रतिशतमा सीमित गरेका थिए। यसअनुसार पुँजीगत खर्च ८४.१३ प्रतिशत मात्रै हुने र चालू खर्च ८८.२४ प्रतिशत हुने अनुमान छ। वित्तीयतर्फ ८७.३९ प्रतिशत रहने अनुमान छ। 

सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ खर्ब ५७ अर्ब रुपैयाँ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .