ad ad

कारोबार


लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङलाई

लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बु छिरिङलाई

नेपालखबर
मंसिर १०, २०८० आइतबार १३:११, काठमाडौँ

नोर्बु छिरिङ शेर्पाले लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेका छन्।

शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जिते। दोस्रो भएका आशिष श्रेष्ठले ४० अंक जोडे।

महिलातर्फ ३४ अंक बनाएकी सुमित्रा खड्का विजेता र आरती राणा ३३ अङ्कका साथ उपविजेता भइन्। 

मेजर जनरल (निवृत्त) महेश विक्रम कार्की टेन्डी शेर्पासँग बराबरी भएपछि काउन्ट ब्याकमा ३४ अंकका साथ सिनियर (६० वर्ष र सोभन्दा माथि) बिजेता बने।

सद्भाव आचार्यले लङ ड्राइभको अवार्ड हात पारे।

ताहिर शाहले सबैभन्दा नजिकको पिन र वाङ्चेन धोन्डुपले चार बडी र एउटा चीलसहित मोस्ट बर्डीजको अवार्ड पाए।

लक्ष्मी सनराइज बैंकको मुख्य प्रायोजनमा भएको इभेन्टमा ७ महिलासहित ९६ गल्फ खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगिताका विजेताहरुलाई लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .