ad ad

कला


कलाकारको गुनासो कहिले सुन्ला राज्यले?

कलाकारको गुनासो कहिले सुन्ला राज्यले?

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार ८:१४, काठमाडौँ

नेपाली कलाकार र कला क्षेत्रप्रति राज्य उदासीन भएको भन्दै कलाकारले बारम्बार गुनासो गर्दै आएका छन्।

यो गुनासो बुधबार पनि दोहोरिएको छ। नेपाल सरकारले नेपाली चलचित्र क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिए पनि त्यो अनुसारको सुविधा नदिएको भन्दै चलचित्र निर्माताले गुनासो पोखे। राज्यले चलचित्र प्रमोटका लागि कुनै कार्य नगरेको आरोपसमेत लगाउन भ्याए। 

परिवर्तन नेपालले आयोजना गरेको एक कार्यक्रममा नेपाली चलचित्रलाई बेवास्ता गर्दै विदेशी चलचित्र प्रदर्शनलाई महत्वका साथ बढी हल दिने प्रवृत्तिविरुद्ध आफूहरुले लडिरहनु परेको बताए।

चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र उद्योगलाई जोगाउन निर्मातासँग सबै चलचित्रकर्मीको साथ हुनुपर्ने बताए।

उनले नेपाली चलचित्रको प्राथामिकतामा लागि हलवालाहरुको संस्था नेपाल चलचित्र संघका पदाधिकारीसँग वार्ता भएको र उनीहरुले आफ्नो मागलाई महत्व दिने बाचा समेत गरेका थिए।

परिवर्तन नेपालका अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले नेपाली चलचित्र उद्योगमा पछिल्लो समय धेरै विकृति आएको बताए।

संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले राष्ट्रिय उद्योगको मान्यता पाए पनि राज्यबाट चलचित्रले पाउनुपर्ने सुविधा अझै नपाएको गुनासो गरे। अभिनेत्री भुवन चन्दले पनि नेपाली चलचित्र उद्योगमा विकृति छाएको स्वीकार गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .