कला


गुण्डागर्दीबाट राजनीतिमा दीपकराज गिरी, यस्तो छ छक्का पञ्जा ४ को ट्रेलर

गुण्डागर्दीबाट राजनीतिमा दीपकराज गिरी, यस्तो छ छक्का पञ्जा ४ को ट्रेलर

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १६:४८, काठमाडौँ

कलाकार दीपकराज गिरी तथा दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ।

हेमराज बिसीले निर्देशन गरेको यो फिलम यहि फागुन १९ बाट रिलिजको तयारीमा छ।

सार्वजनिक ट्रेलरमा अभिनेता दीपकराज गिरीलाई गुण्डागर्दीबाट राजनीतिमा आएका नेताका रुपमा चित्रण गरिएको छ। उनीसँगै दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे लगायतका कलाकार पनि ट्रेलरमा देखिएका छन्। 

ट्रेलरमा देखिएकी बेनिशाको भूमिका भने खुलाइएको छैन। चर्चाका साथ फिल्ममा भित्रिएकी अभिनेत्री मलिना जोशीलाई प्रोमोमा त्यति स्थान दिइएको छैन। यहि फिल्म मार्फत बाल कलाकारका रुपमा चर्चा कमाएका राज आचार्य नायकका रुपमा देखिँदैछन्।

फिल्मको ट्रेलरले राजनीतिक घटनाक्रम र पारिवारिक कथावस्तु सँगै समेटेको संकेत दिएको छ। तीन वटा श्रृंखला सुपरपहिट हुँदा चौथो श्रृंखलाको इनिसियल व्यापार स्वतः बम्पर विश्वासमा निर्माण पक्ष रहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .