प्रशान्त महासागरको टापु मुलुक नाउरुले ताइवानसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ। ताइवानसँग सम्बन्धविच्छेद गरेर चीनसँग गाँसिएको सो मुलुकको सरकारले सोमबार जनाएको हो।
यससँगै ताइवानसँग कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुको संख्या घट्दै गएको छ।
सम्बन्धविच्छेदको पुष्टि ताइवानले पनि गरेको छ। ताइवानमा शनिबार मात्र भएको राष्ट्रपतीय चुनावमा सत्तारुढ डीपीपी पार्टीका लाइ चिङ तेले विजय हात पारेका थिए।
डीपीपीको आठ वर्षे शासनमा ताइवानले १० वटा कूटनीतिक मित्र गुमाइसकेको छ। ती सबैले चीनसँग सम्बन्ध गाँसेका छन्।
अब ताइवानसँग कूटनीतिक सम्बन्ध रहेका मुलुकको संख्या १२ मा झरेको छ। ती पनि प्रशान्त महासागरका ससाना टापु मुलुक, ल्याटिन अमेरिकाका केही र भ्याटिकन मात्रै हुन्।
नाउरुले २००२ मा ताइवानसँग सम्बन्ध टुटाएको थियो। तर, २००५ मा पुनः गाँसेको थियो। सीएनएन
Shares
प्रतिक्रिया