भारतको ६९ औँ 'फिल्मफेयर अवार्ड २०२४' का मनोनयन घोषणा गरिएको छ। निर्देशक करण जोहर, जान्हवी कपुर र वरुण धवनले सोमबार पत्रकार सम्मेलनबीच मनोनयन घोषणा गरेका हुन्।
यो वर्ष शाहरुख खान उत्कृष्ट अभिनेताका लागि दुई फिल्मबाट मनोनयमा परेका छन्। उनी सन् २०२३ मा रिलिज भएका बलिउड फिल्म 'जवान' र 'डंकी' बाट मनोनित भएका हुन्।
त्यसैगरि, रणवीर कपुर स्टारर फिल्म 'एनिमल' सर्वाधिक मनोनयनमा पर्न सफल छ। यस फिल्मले १९ विधामा नोमिनेसमा पाएको हो। उत्कृष्ट फिल्मदेखि उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक लगायतका थुप्रै विधाहरुमा मनोनयमा परेको हो।
अहिले निकै चर्चामा रहेको विक्रान्त मेसी अभिनित चलचित्र ‘१२ वीं फेल’ ले पनि केही प्रमुख विधामा मनोनयन प्राप्त गरेको छ।
उत्कृष्ट फिल्मदेखि बेस्ट एक्टर, बेस्ट डारेक्टर, बेस्ट स्क्रिनप्ले, बेस्ट सिनेमाटोग्राफी, बेस्ट फिल्म क्रिटिक्स विधामा १२ वीं फेल छनोट भएको छ।
फिल्मफेयर अवार्ड समारोह २८ जनवरीमा गुजरातको गान्धीनगरमा हुँदैछ। यसलाई बलिउड फिल्मको सबैभन्दा ठूलो अवार्ड मानिन्छ।
यसअघि २७ जनवरीमा प्राविधिक अवार्ड समारोह आयोजना गरिने छ। जसको आयोजना आयुष्मान खुरानाले गर्नेछन्।
२८ जनवरीमा हुने मुख्य कार्यक्रम आयुष्मानसँगै करण जोहर र मनिष पलले आयोजना गर्नेछन्।
यस वर्ष रणवीर कपूर, कार्तिक आर्यन, सारा अली खान, वरुण धवन, जान्हवी कपूर र करीना कपूर समारोहमा प्रस्तुति रहनेछ।
Shares
प्रतिक्रिया