ad ad

राजनीति


प्रचण्डलाई प्रेम सुवालको सुझाव : काम गर्न नसके राजीनामा दिएर घर जानूस्

प्रचण्डलाई प्रेम सुवालको सुझाव : काम गर्न नसके राजीनामा दिएर घर जानूस्

फाइल तस्बिर


नेपालखबर
माघ २, २०८० मंगलबार १३:५७, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले काम गर्न नसक्ने भए राजीनामा दिएर जान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाएका छन्।

देश विकासको का गर्न नसके राजीनामा दिन संघीय सांसदसमेत रहेका सुवालले सुझाव दिएका हुन्।

२६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्। 

प्रधानमन्त्री दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेका थिए। जहाँ आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको बताउँदै उनले देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएका थिए। यसैलाई लिएर यदि सुधार गर्न नसक्ने हो भने राजीनामा दिएर घरमा बस्न सुवालले सुझाएका हुन्। 

सांसद सुवालले अघिल्ला सरकारहरूका कमजोरीको पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए। राणा शासन र पञ्चायतविरूद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने उनले बताए। 

जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न पनि सुवालले चेतावनी दिए। नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको दाबी उनले गरे। गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको आरोप सुवालले लगाए।

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक भएको बताए। ८ पटकसम्म उद्घाटन भएको भन्दै उनले एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षभरी वितरण गर्न सुझाव दिए।

हरेक प्रधानमन्त्री र मन्त्रीहरूलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएको सुवालले बताए।

अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब रूपैयाँ खर्च भइसकेको बताउँदै उनले यति हुँदा पनि बाह्रैमास पानी आउन नसक्ने बताए।

हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने भन्दै सुवालले मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .