ad ad

कला


रश्मिकाको डिपफेक भिडिओ बनाएको आरोपमा उनकै फ्यान प्रकाउ

रश्मिकाको डिपफेक भिडिओ बनाएको आरोपमा उनकै फ्यान प्रकाउ

फाइल तस्बिर : अभिनेत्री रश्मिका मन्दाना


नेपालखबर
माघ ७, २०८० आइतबार १३:४५, काठमाडौँ

केही महिनाअघि भारतीय अभिनेत्री रश्मिका मन्दानाले डिपफेक भिडिओका कारण हैरानी खेप्नुपर्‍यो। यसैबीच रश्मिकाको डिपफेक भिडिओ बनाएको आरोपमा उनकै एक फ्यानलाई दिल्ली प्रहरीले प्रकाउ गरेको छ।

यस मामिलामा मुख्य आरोपित इन्जिनियर इमानी नवीनलाई प्रहरीले शनिबार आन्ध्र प्रदेशबाट प्रकाउ गरेको हो। २४ वर्षीय नवीन रश्मिकाका फ्यानसमेत हुन्।

आरोपित व्यक्ति (मुख छोपिएको)

गत नोभेम्बरमा डिपफेक भिडिओ भाइरल भएपछि रश्मिकाले उजुरी दर्ता गरेकी थिइन्। प्रहरीका अनुसार डिपफेक मामिलामा ५०० भन्दा बढी सामाजिक सञ्जालबारे छानबिन गरिएको थियो। 

प्रहरीका अनुसार इमानी नवीनले रश्मिका मन्दानाको फ्यान पेज चलाउँथे। रश्मिकालाई हानी पुर्‍याउन नभई पैसा र फलोअरको लोभले भिडिओ बनाएको उनले स्वीकारेका छन्। 

आफ्नो डिपफेक भिडिओ बनाउने प्रकाउ परेपछि रश्मिकाले पनि दिल्ली पुलिसलाई धन्यवाद दिएकी छन्।

‘म यस केसका आरोपितलाई पक्राउ गरेकामा दिल्ली पुलिसलाई धेरै धेरै धन्यवाद दिन्छु। यस दुःखद घडीमा मेरो साथ दिनुहुने र मलाई सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई म हृदयदेखिनै कृतज्ञता व्यक्त गर्न चाहन्छु, उनले इन्स्टाग्राममा लेखेकी छन्।

गत नोभेम्बरमा रश्मिकाको अनुहारजस्तै देखिने डिपफेक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओ भाइरल भएपछि भारतीय अभिनेता अमिताभ बच्चन रश्मिकाको पक्षमा बोलेका थिए। रश्मिकाका साथै आलिया भट्ट, काजोल, कट्रिना कैफलगायत सेलिब्रेटीरु यसको सिकार भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .