ad ad

कला


बुवाको संघर्षको भिडिओ बनाएर पठाउनेलाई ‘पूर्ण बहादुरको सारङ्गी’ले ५० हजार पुरस्कार दिने

बुवाको संघर्षको भिडिओ बनाएर पठाउनेलाई ‘पूर्ण बहादुरको सारङ्गी’ले ५० हजार पुरस्कार दिने

नेपालखबर
असोज १४, २०८१ सोमबार १८:१, काठमाडौँ

कात्तिक १५ गतेबाट प्रदर्शन हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले भिडिओ प्रतियोगिता गर्ने भएको छ। निर्माण टिमले ‘मेरो बा को संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो।

प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडिओ बनाएर पठाउनुपर्नेछ। सहभागीहरुले आफुले बनाएको भिडिओ आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन्।

सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडिओ बनाएर पठाउनुपर्नेछ। 

साथै सामाजिक सञ्जालमा पोस्ट गर्दा ह्याजट्याग पूर्णबहादुरको साङ्गी, कात्तिक १५, सेभेनसिजसिनसहित मेरो बाको संघर्ष लेख्नुपर्नेछ। साथै सेभेन सिजसिनेमाको फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ। 

सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट सेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ। 

प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ।

विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ। यस्तै, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ दिइनेछ। 

नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियो बनाएर पठाउने २० जनाले चलचित्रको २र२ वटा टिकट फ्री पाउनेछन्। सहभागीहरुले भिडियो कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुत र विजय बरालको मुख्य भूमिका छ। साथै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ। सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .