ad ad

ग्लोबल


पुनः राष्ट्रपति बन्ने दौडमा ट्रम्प

पुनः राष्ट्रपति बन्ने दौडमा ट्रम्प

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ८:२४, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः अमेरिकाको राष्ट्रपति बन्ने अभियान सुरु गरेका छन्।

त्यसका लागि उनले आवश्यक कागजी प्रक्रिया पनि पूरा गरेका छन्। ट्रम्पले दुई वर्षपछि हुने निर्वाचनको लागि आफ्नो अभियान सुरु गरेका हुन्। आफ्ना समर्थकहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘दुई वर्षअघि हामी महान देश थियौं र अब पुनः हामी महान देश बन्नेछौं।’ 

ट्रम्पले मंगलबार अबेला आफ्नो उम्मेदवारी पनि घोषणा गर्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। ट्रम्पले राष्ट्रपतिको लागि तेस्रोपटक उम्मेदवारी दिन लागेका हुन्। 

यसअघि सन् २०१६ मा भएको निर्वाचनमा हिलारी क्लिन्टनलाई हराउँदै अमेरिकाको राष्ट्रपति बनेका ट्रम्प सन् २०२० मा भएको निर्वाचनमा भने जो बाइडेनसँग पराजित भएका थिए। 

आगामी निर्वाचनमा रिपब्लिकनको तर्फबाट पूर्वउपराष्ट्रपति माइक पेन्स ट्रम्पको लागि बाधा बन्न सक्ने अनुमान छ।

उनले यसअघि नै आगामी राष्ट्रपति को बन्छ भन्ने जनताको हातमा रहेको बताएका थिए।

यद्यपि आफूहरुले ट्रम्पभन्दा राम्रो विकल्प खोज्न सक्ने उनको भनाइ छ। उनलाई पनि सन् २०२४ को निर्वाचनको सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .