ad ad

ग्लोबल


सुडानको राजधानी खार्तुममा आक्रमण : पाँच बालबालिकासहित १७ जना मारिए

सुडानको राजधानी खार्तुममा आक्रमण : पाँच बालबालिकासहित १७  जना मारिए

नेपालखबर
असार ३, २०८० आइतबार १०:४४, काठमाडौँ

सुडानको राजधानी खार्तुममा हवाई आक्रमण हुँदा पाँच बालबालिकासहित १७ सर्वसाधारण मारिएका छन्।

शनिबार राति यार्मुक जिल्लामा भएको उक्त हमलामा २५ घर ध्वस्त भएका छन्। आक्रमणमा  १ सयभन्दा बढी घाइते भएकोमा उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

शनिबार एक शीर्ष सेना जनरलले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सविरुद्ध आक्रमण गर्ने धम्की दिएका थिए। 

विगत दुई महिनादेखि उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा सेना र आरएसएफबीच भिडन्त चलिरहेको छ। हालसम्म १ हजारभन्दा बढी मानिस मारिएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार सुडानभित्र २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने ५ लाखभन्दा बढीले देश छोडेर छिमेकी मुलुकमा शरण लिएका छन्।

मेयो, यार्मुक र मन्डेला क्षेत्रका नागरिकहरूलाई लक्षित गरी भएको आक्रमणबारे सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .