ad ad

ग्लोबल


इराकमा विवाह समारोहमा आगलागी हुँदा बेहुला–बेहुलीसहित सय जनाको मृत्यु

इराकमा विवाह समारोहमा आगलागी हुँदा बेहुला–बेहुलीसहित सय जनाको मृत्यु

नेपालखबर
असोज १०, २०८० बुधबार ९:७, काठमाडौँ

उत्तरी इराकमा एक विवाह समारोहमा भएको आगलागीमा परी बेहुला-बेहुलीसहित सय जनाको मृत्यु भएको छ। 

इराकी सञ्चारमाध्यमका अनुसार जलेर १५० जना घाइते भएका छन्। 

यो दुर्घटना इराकको उत्तरी निनेवेह प्रान्तको अल-हमदानिया जिल्लामा मंगलबार साँझ भएको हो।

आगलागीका कारण अझै खुल्न नसकेको तर पटाका जलाएपछि आगलागी भएको प्रारम्भिक रिपोर्टमा बताइएको छ।

इराकी समाचार एजेन्सी नीनाले दुर्घटनाको तस्बिर सेयर गरेको छ जसमा अग्निनियन्त्रकहरू आगो निभाउने क्रममा देखिएका छन्।स्थानीय पत्रकारहरूले पनि कार्यक्रम हलको जलेको अवशेषको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।

इराकको सिभिल डिफेन्स डाइरेक्टरेटका अधिकारीहरूले कार्यक्रम हल निर्माणमा प्रयोग गरिएका सस्तो उत्पादनका कारण आगो तीव्र गतिमा फैलिएको बताएका छन्।

स्थानीय समयानुसार राति करिब १०ः४५ बजे उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्, जितिबेला सयौं मानिस हलमा बिहे उत्सव मनाइरहेका थिए। 

इराकी अधिकारीहरूले घटनास्थलमा एम्बुलेन्स र मेडिकल स्टाफहरू पठाएको बीबीसीले जनाएको छ। 

इराकको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ- मैले यस दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित जनतालाई राहत उपलब्ध गराउन हरसम्भव प्रयास गर्न अधिकारीहरूलाई भनेको छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .