मानवीय सहायताको तेस्रो खेप इजिप्ट हुँदै द्वन्द्वग्रस्त गाजा पुगेको छ।
समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार रफाह सीमा नाका पार गरी थप ट्रक गाजा प्रवेश गरेका हुन्।
यही अक्टोबर ७ देखि इजरायल–हमास द्वन्द्व भएयता शनिबार, अक्टोबर २१ मा पहिलोपटक मानवीय सहायता बोकेका २० ट्रक गाजा प्रवेश गरेका थिए।
दोस्रो मानवीय सहायता आइतबार पुगेको बताइएको छ।
138
Shares
प्रतिक्रिया