ad ad

ग्लोबल


इजरायलबाट आएको जहाज रुसमा अवतरण गर्नासाथ प्यालेस्टिनी समर्थकहरूले गरे आक्रमण

इजरायलबाट आएको जहाज रुसमा अवतरण गर्नासाथ प्यालेस्टिनी समर्थकहरूले गरे आक्रमण

नेपालखबर
कात्तिक १३, २०८० सोमबार ९:९, काठमाडौँ

इजरायलबाट आएको विमान रुसमा अवतरण गर्नासाथ प्यालेस्टिनी समर्थकहरूको भीडले आक्रमण गरेको छ। 

बीबीसीका अनुसार उनीहरूले उक्त विमान अवतरण गर्नेबित्तिकै रुसको दागेस्तानमा रहेको एउटा विमानस्थलमा तोडफोड गरेका हुन्।

सामाजिक सञ्जालमा सेयर गरिएको भिडिओमा प्यालेस्टिनी झन्डा बोकेका मानिसहरू एयरपोर्ट भित्र पसेर हंगामा मच्चाइरहेको देख्न सकिन्छ।
केही व्यक्तिले गाडी पल्टाउन खोजेको देख्न सकिन्छ। केही मानिस धावनमार्गमा पसेको खबर पनि आएको छ।

रुसको उड्डयन निकायले स्थिति नियन्त्रणमा रहेको र अधिकारीहरू घटनास्थलमा रहेको बताएको छ। 

भिडिओ क्लिपमा सयौंको भीडले प्यालेस्टिनी झण्डा बोकेर अल्लाह–हु–अकबरको नारा लगाएको देख्न सकिन्छ।

घटनामा केही व्यक्ति घाइते भएको त्यहाँका अधिकारीहरूले बताएका छन्।

यसैबीच इजरायलको प्रधानमन्त्री कार्यालयले यहुदी र इजरायलीहरू विरुद्ध हिंसा भड्काउनेहरू विरुद्ध रुसले कडा कारबाही गर्नुपर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .