ad ad

ग्लोबल


हिजबुल्लाहको दाबी– हामीले इजरायली ड्रोन खसाल्यौँ

हिजबुल्लाहको दाबी– हामीले इजरायली ड्रोन खसाल्यौँ

नेपालखबर
कात्तिक १३, २०८० सोमबार ११:४९, काठमाडौँ

लेबनानको हिजबुल्लाह समूहले आफूले इजरायली ड्रोन खसालेको दाबी गरेको छ।

इजरायल–हमास द्वन्द्व सुरु भएपछि हिज्बुल्लाहले यस्तो दाबी पहिलोपटक गरेको हो।

बीबीसीका अनुसार हिजबुल्लाहले भनेको छ– आइतबार इजरायली सीमाबाट पाँच किलोमिटर टाढा आक्रमण भएको थियो। ड्रोन इजरायली क्षेत्रमा खसेको देखियो।’

अमेरिका र बेलायतले हिजबुल्लाहलाई ‘आतंकवादी संगठन’ भन्छन्। 

हिजबुल्लाहले अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि हालसम्म आफ्ना ४६ लडाकु मारिएको र ४३ जना घाइते भएको बताएको छ। 

हिजबुल्लाहले अहिलेसम्म ४२ स्थानबाट ८४ वटा आक्रमण गरेको बताएको छ। 

हालसम्म कम्तीमा सात इजरायली सैनिक मारिएको इजरायलले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .