इजरायल र हमास द्वन्द्वमा हालसम्म कम्तीमा ३१ पत्रकारको मृत्यु भइसकेको छ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले हालसम्म २६ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी पत्रकारको मृत्यु भएको जनाएको छ।
उसको विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरी पत्रकारहरूले गाजामा असाधारण जोखिमको सामना गरिरहेका छन्। उनीहरू खतरनाक इजरायली बम र भूमिगत हमलाबाट गुज्रिरहेका छन्।’
मृत्यु हुनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह पनि छन्।
समाचार एजेन्सी रोयटर्सले लेबनान सीमामा इजरायलबाट गोली चलाउँदा पत्रकारको मृत्यु भएको दाबी गरेको छ।
इजरायली सेनाले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ।
यसैबीच इजरायल प्रतिरक्षा फौज (आईडीएफ) ले रोयटर्स र एफपी समाचार एजेन्सीहरूलाई गाजामा काम गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने जानकारी गराएको छ।
Shares
प्रतिक्रिया